विप्लव नेकपा कालिकोटद्धारा कोभिड बिरुद्द सरसफाई अभियान संचालन

२७ जेठ, कालिकोट । विप्लव निकट (नेकपा) कालिकोटले कोभिड बिरुद्द सरसफाई अभियान र जनचेतना मुलक कार्यक्रमको उद्घाटन गरेको छ । नेकपाले पचालझरना गाउंपालिका वार्ड ९ को कोटिला स्कुलबाट सरसफाई अभियानसुरु गरेको छ । कदर न्यूजलाई जानकारी दिने क्रममा जिल्ला सेक्रेटरी रणदीपले भने, कार्यक्रममा जिल्ला ईन्चार्ज एबं सिसियम क. बिराट, जिल्ला सेक्रेटरी क. रणदीप, क. तखत र लोचन कमरेडको उपस्थितिमा कोटिलाका ६० घरधुरी लाई एकएक चक्की साबुन बितरण गरिएको र यो अभियान जिल्लाका सबै एरियामा विस्तार गरिने जिल्ला सेक्रेटरी रणदीपले बताए ।

त्यस्तै कालिकोटमा स्वास्स्थ्य चेकजाच सहितको औषधी उपलब्ध गराउने गरी स्वास्थ्य सिबिर संचालन गरिएको जानकारी नेकपाको भातृ संगठन अनेरास्वयीयु (क्रान्तिकार) का कोषाध्यक्ष नरेन्द्र बिकले बताए ।