गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाउंदै पदमुक्त

२७ जेठ, काठमाण्डौ । गण्डकी प्रदेश सभामा आज जेठ २७ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफु मााथिको विश्वासको मत लिने क्रममा उनको पक्षमा २७ मत र बिपक्षमा ३० मत परेकाले मुख्यमन्त्री गुरुङले प्रदेश सभा बैठकबाट विश्ववासको मत गुमाएसंगे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

आजको गण्डकी प्रदेश सभामा जम्मा ६० जना प्रदेश सभा सदस्य रहेको तर प्रदेशसभा बैठकमा ५८ जना उपस्थितिमा मुख्यमन्त्रीको पक्षमा २७ र बिपक्षमा ३० मत र १ तथष्ठ बसेका थिए । यस अघि गण्डकी प्रदेशमा विपक्षी गठबन्धनमा आवद्ध चार दलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत नदिन आ–आफ्नो संसदीय दलमार्फत ह्वीप जारी गरेका थिए।

विपक्षी गठबन्धनमा काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद छन् । सत्ता पक्ष एमालेका २७ र स्वतन्त्र एक जना सांसद रहेका छन् ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे ।