बादलकी श्रीमती नैनकला संचारमन्त्री बन्दै

२७ जेठ, काठमाण्डौ । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा (बादल) ले आफू गृहन्त्रीमा आउन नसकेपछि उनले श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् । पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल भएका हुन् ।

बालुवाटार स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री केपी ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाउन लागेका छन् ।