कास्कीका खगराज अधिकारी गृहमन्त्री बन्दै

२७ जेठ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा आज मन्त्रीहरुको विस्तार हुंदैछ । ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिन लागेका हुन् ।

यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन ।

प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् । त्यसैगरी कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र नैनकला थापा पनि मन्त्री बन्ने भएकी छिन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी उनी सन्चारमन्त्री बन्ने चर्चा छ ।

यस्तै ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन् ।

मन्त्री बन्न लागेकी ज्वाला साह प्रदेश २ बाट माओवादी छाडेर एमाले आएकी नेतृ हुन् । पहाडी एमालेको माधव नेपाल छाडेर भर्खरै ओली खेमामा गएका सिन्धुलीका नेता हुन् । यस्तै रानाले प्रतिनिधसभा निर्वाचनमा आरजु राणालाई हराएका थिए । उनीहरुले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।