कोरोना संक्रमणबाट होम आइसोलेशनमा बसेका पुरुषको मृत्यु

जेठ २६, भोजपुर । होम आइसोलेशनमा बसिरहेका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भोजपुरको टेम्के मैयुङ गाउँपालिका–६ का ६४ वर्षीय पुरूषको मृत्यु भएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए ।

अध्यक्ष राईका अनुसार दुई हप्ता अघि एन्टीजेन परीक्षणको क्रममा उनलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।

हाल गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको अध्यक्ष राईले जानकारी गराए ।