विर्तामोडमा करेन्ट लागेर तीन बर्षीय बालकको मृत्यु

२६ जेठ, झापा । विर्तामोड नगरपालिका-१० ठुटेबर चोकमा बुधबार बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो ।

घाइते बालकलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

६ दिनअघि मात्र कचनकवल गाउँपालिका–६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागेर मृत्यु भएको थियो ।