सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

२६ जेठ,काठमाडौं । आज नेपाली बजारमा सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला एकसय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता चाँदी भने हिजोको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको छ ।