कोरोना संक्रमणबाट बाँकेमा थप ३ जनाको मृत्यु

२६ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका–६ की ४० वर्षीय महिलाको हिजो साँझ ५ बजेर २० मिनेटमा र बर्दियाको राजापुर नगरपालिका–७ की ८० वर्षीय महिलाको आज बिहान ४ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, प्युठानको प्युठान नगरपालिका–६ का ७२ वर्षीय पुरुषको हिजो साँझ साढे ६ बजे उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।