एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै हुन्

नेता, योगेश भट्टराई

२६ जेठ, काठमाडौं । विगत ५ महिनादेखि नेकपा एमालेमा मिल्ने की फुट्ने बारेमा रक्साकस्सी चलिरहेको छ । सर्वोच्चले गएको फागुन २३ गते नेकपालाई खारेजगरी साविककै एमाले र माओवादी केन्द्रमा ब्यूताए पछि एमाले भएको एमाले अहिले एमाले रहने की फुटेर भाग बन्डा गर्ने सवालमा दिनदिनै वार्ता र फलफल भए पनि तार्किक निष्कर्षमा नपुगेको बेला एमाले नेता तथा माधव पक्षीय नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको बताएका छन् । भट्टराईले आज बिहान सामाजिक सञ्जालमार्फत् भनेका छन्, एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने धारणा राखेका छन्

नेता योगेशले सामाजिक सञ्जालमा लेखेका छन् ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केकालागि गर्दैछ यो सब ?

नेता भट्टराइैले आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै यसमा दुबै पक्षले संवादहीनता तोडेर साझा संकल्प गरे पार्टी एकता सम्भव रहेको उनले लेखेकाछन् ।