बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला

२५ जेठ, काठमाडौं । बौद्धस्थित नयाँबस्तीमा बोरामा कोटेर राखिएको अवस्थामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको
छ ।

हत्या गरेर शव फालेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका ९प्रवक्ता० एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने एसपी बस्नेतले जानकारी दिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेको छ ।