माधव नेपाल समूहको अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्दै

२३ जेठ, काठमाडौं । केही दिन अघि मात्र नियुक्त भएका उपप्रधान तथा शहरी विकास मन्त्री एवं जसपा महन्थ ठाकुर पक्षका वरिष्ठ नेता राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति एवं संसद विघटन विरुद्ध माधव नेपाल समूहको अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

हिजो साँझ काठमाडौंको नयाँ बानेश्वरमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेको अनेरास्ववियुले संसद विघटनको विषयलाई समेत जोडेर कार्यक्रमको घोषणा गर्न लागेको बताइएको छ ।

आन्दोलनको घोषणाका लागि अहिले ९ बजे देखि जुम बैठक बसिरहेको छ । बैठकमा छलफल गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

‘उपप्रधानमन्त्री महतोको अभिव्यक्ति र संसद विघटन विरुद्धको संघर्षको बारेमा बैठकमा छलफल हुनेछ ‘पराजुलीले भने ‘ बैठकमा नै आन्दोलन कसरी गर्ने र कति समयको लागि कार्यक्रम घोषणा गर्ने रु भन्ने बिषमा छलफल भइरहेको
छ ।