५०४२ जनामा कोरोना संक्रमण पुष्टि हुंदा ८२४३ जना संक्रमणमुक्त थप ६८ जनाको मृत्यु

२२, जेठ, काठमाण्डौ । मुलुकभरमा २४ घन्टामा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२४३ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।