तत्तकालीन देउवा नेतृत्वको मन्त्रीमण्डल पुनर्गठन अस्वीकृत त्यही परिवेशको ओलीको मन्त्रीमण्डल पुनर्गठन स्वीकृत

कांग्रेसका नेता, बालकृष्ण खाँण

२२ जेठ, काठमाण्डौ । हिजो राती प्रधानमन्त्री ओलीले जसपाको महन्ध ठाकुर पक्ष र आफ्नो पक्षका केही मान्छेलाई समेटेर नयां मन्त्रीमण्डल बिस्तार गरेपछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सामाजिक संजाल ट्वीटरमा लेख्दै भनेका छन्, कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रतिकुल मन्त्रिपरिषद् पुनर्गठन गरेको भनेको छन्। हिजो राती राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि काँग्रेस संसदीय दलका प्रमुख सचेतक खाणले निर्वाचनको मिति तोकिएपछि पुनर्गठन गर्न यसअघि राष्ट्रपतिले अस्वीकार गरेको स्मरण गराए ।

चुनाव घोषणा गरिसकेको अवस्थामा यसअघि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेलामा सरकार पुनर्गठन गर्न राष्ट्रपतिसँग परामर्श गर्दा निर्वाचनको मिति तोकिएको हुँदा पुनर्गठन गर्न अस्वीकार, आज पनि चुनावको मिति तोकिएको अवस्थामा ओलीले गरेको मन्त्रीमण्डल स्वीकार उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

माओवादी केन्द्र एमालेसँग चुनाव गठबन्धनमा जोडिएपछि ०७४ मा निर्वाचन घोषणापछि देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्ने खोजेका थिए । तर त्यतिबेला अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुनर्गठनका लागि अस्वीकार गरेकी थिइन् ।

यतिबेला प्रधानमन्त्री ओली संसद विघटन गरी आगाडि कात्तिक २६ र मंसिर ३ गतेका लागि चुनावको मिति तोकिसकेको अवस्थामा मन्त्रिपरिषद पुनर्गठन भएको छ ।