हदैसम्म पार्टी एकताका लागि अन्तिम प्रयास गरिनेछ

१८ जेठ, काठमाडौं । नेकपा एमाले ओली पक्षको बालुवाटारमा बसेका स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।

बैठकको निर्णय बारे जानारी दिने क्रममा परराष्ट्मन्त्री तथा पार्टी प्रवक्ता प्रदीप ज्ञावलीका अनुसार बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको बताएका छन् । साथै उनले बजेटमाथि उठेका टिप्पणी बारे त्यो जनले जे बुझेको छ त्यही टिप्पणी गर्ने तर बजेट समग्र रुपमा राम्रो र सही भएको बताएका थिए । त्यस्तै हिजो सम्पन्न लुम्बिनी प्रदेशको राष्ट्यिसभा निर्वाचनमा पार्टीको तर्फबाट खडा गरिएका उम्मेदवारको हार बारेमा बोल्दै आफूहरुको त्यति मेजेरिटी नभए पनि जितको सम्भावना हुंदा पनि केही तृटि र पार्टीमा देखिएका अजराकताका कारणले चुनाव हार्नु परेको टिप्पणी गरेका थिए ।