काठमाडौं उपत्यकामा रोपाईं सुरु

१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा रोपाईं सुरु भएको छ । देशका अन्य क्षेत्रमा भन्दा चाँडै रोपाईं सुरु हुने उपत्यकामा केही दिनअघि भएको वर्षाले पनि किसानलाई सहज भएको छ ।

काठमाडौंको मूलपानी र भक्तपुरको चाँगुनारायण क्षेत्रका किसान हिजोआज रोपाईं गर्न व्यस्त छन् । कोरोना महामारीले उपत्यकाको शहरी क्षेत्र निषेधाज्ञाका कारण बन्द छ ।