जेठ २४ गतेसम्मका लागि मोरङमा थपियो निषेधाज्ञा

१७ जेठ, काठमाडौं । मोरङमा आगामी जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्बिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले एक सूचना जारी गर्दै निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी गराए ।

कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको थप गरिएकोे बताए । यस अघि प्रशासनले आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।