बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु

१७ जेठ,काठमाडौं । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ । प्रदेशका १३ जिल्लामा ६ जना महिला र २० जना पुरुष गरी कुल २६ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार, संक्रमणका कारण मृत्यु हुनेका सबैभन्दा बढी काठमाडौंमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना रहेका छन् ।
त्यस्तै ललितपुरमा ५ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ५ जना, नुवाकोटमा २ जना, सिन्धुली र रामेछापमा १÷१ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेहरु ३७ वर्षदेखि ८९ वर्ष उमेर समुहका रहेको मन्त्रालयले बताएको छ ।