राष्ट्रियसभा लुम्बिनी प्रदेशको रिक्त सिटमा उपनिर्वाचनका लागि मतदान सुरु

१७ जेठ, दाङ । राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदको उपनिर्वाचनका लागि मतदान सुरु भएको
छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्र मतदाताले मतदान गर्ने क्रम सुरु भएको छ ।

लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय जनाले मतदान गर्दै छन् । ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख रहेका छन् ।

अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ ।

चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ भने काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको छ । मतदान सकिए पछि आजै मतगणना गरेर नतिजा सार्वजनिक गरिने बताइएको छ ।