कोरोना संक्रमणका जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरका लागि तत्काल राहतका प्याकेज ल्याउन माग

१६ जेठ, धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरका लागि तत्काल राहतका प्याकेज ल्याउन माग गरेको छ ।

आज बसेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले ज्यालादारी गरेर खाने वर्ग निषेधाज्ञाका कारण प्रभावित भएको कारण तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्ने निर्र्णय गरेको छ ।

काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले सरकारले अहिले सम्म मजदुरका लागि राहत प्याकेज नल्याएकाले तत्काल सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताए ।

उनले अगामी वर्षको नीति तथा कार्यक्रम र बजेट कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण, सन्तुलित एवंम् समयानुकुल ल्याउन समेत सरकारलाई सुझाव दिइने बताए । सरकारले आर्थिक वर्षको अन्त्यमा आएर जथाभावी योजना वितरण गर्ने काम गरेकोप्रति समेत काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए ।

अन्तिम समयमा आएर अख्तियारी दिने काम रोक्नुपर्ने, सर्वदलीय अनुगमन षडयन्त्र खडा गर्ने, सीमा नाकामा होल्डीङ सेन्टर स्थापना गर्न, भ्रष्टाचार रोक्ने विषयमा समेत मुख्यमन्त्रीलाई भेटेरै सुझाव दिइने बताए ।
संसदीय दलको बैठकले सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्दै