Breaking News

सेयर बजारमा नेप्से परिसूचक नयाँ उचाइमा,१७ अर्ब बढी कारोबारसहित नयाँ रेकर्ड

१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट आएको भोलि पल्ट आज सेयर बजार सकारात्मक देखिएको छ । सेयर बजारले छोटो समयका लागि सेयर कारोबार गर्नेलाई पुँजीगत लाभकर वृद्धि गरेको छ । यसले बजारमा नकरात्मक प्रभाव पर्नसक्ने आकलन थियो ।

बजेटले गरेका अन्य व्यवस्था र निजी क्षेत्रले समेत बजेटको स्वागत गरेकाले यसको सकारात्मक असर सेयर बजारमा परेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको छ ।

सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस अघि पौने १५ अर्बको कारोबार भएर रेकर्ड राखेकोमा आज त्यो रेकर्ड ताड्दै कारोबार रकम १७ अर्ब नाघेको छ ।