Breaking News

बहिर्गमित जनमुक्ति सेनाको माग बजेट बाट पनि सम्बोधन

१६ जेठ, काठमाडौं । अध्यादेशबाट ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुतमा हाम्रो संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल अर्थात बाल सेनाले विगत लामो समय देखि उठाउदै आएको मागको मुद्दा लाई समेत समेटेको मा हाम्रो संगठनको तर्फबाट नेपाल सरकार प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई धन्यवाद ।

नेपालको अग्रगामी लोकतान्त्रिक प्राप्तिका लागी भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, बेपत्ताका परिवार, लोकतन्त्रक योद्धा, द्वन्द्वपीडित, विस्थापित परिवार, अपाङ्गता भएका व्यक्ति र घाइतेको अभिलेखिकरण गरि सहयोग, सम्मान र संरक्षण गरिनेछ र सहुलियतपूर्ण कर्जा उपलब्ध गराई स्वोरोजगार बन्न प्रेरित गरिने छ भनि उल्लेख गरिएको छ । हाम्रो निरन्तरताको खबरदारी र पैरवीलाई सम्बोधन गर्ने हिसाबले सरकारले बजेटमा यो प्राबधान ल्याएको छ जसलाई बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समिति हार्दिकताका साथ स्वागत गर्न चाहन्छ ।

साथै अबका दिनमा सरकार ले हाम्रो अन्य मागको समेत सम्बोधन गर्ने विश्वास लिदै उल्लेखित विषय प्रतिबद्धताका साथ कार्यनयन हुनेछ भन्ने आशा गरेका छौँ । हाम्रो संगठनको निरन्तर भेटघाट, छलफल, वार्ता र अन्य सामाजिक संजालबाट गरिएका ध्यानाकर्षण र खबरदारीले आज बजेटमा केही सहुलियत बाचन गरिएको र आगामी दिनमा हाम्रो यस्ता दबादमूलक कार्य निरन्तर जारी रहने जानकारी समेत गर्दछौँ ।

बहिर्गमित जनमुक्ति सेना नेपाल
केन्द्रिय संघर्ष समिति ( बाल सेना नेपाल )

लेखक : अध्यक्ष, रमेश बसेल ( करन )