सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढयो

१६ जेठ,काठमाडौं । आज सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै आज सुन ९४ हजार रुपैयाँ पुगेको हो ।

गत शुक्रबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत ९३ हजार ५०० रुपैयाँ पुगेको छ ।

यता चाँदी भने गत शुक्रबारको तुलनामा प्रतितोला ५ रुपैयाँले मात्र वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।