अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन

१५ जेठ, काठमाण्डौ । काठमाडौं । सरकारका अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबरबाट आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गर्दै सआगामी आवमा सरकारले चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसमध्ये सबैभन्दा बढी पोखरा विमानस्थलले प्राप्त गरेको छ । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ ।

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार गर्न, टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड विनियोजन भएको छ ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलको थप काम र दोसो टर्मिनल बनाउन ३ अर्ब ५३ करोड विनियोजन भएको छ ।

आगामी आवमा सरकारले आन्तरिक विमानस्थलहरुको पूर्वाधार निर्माणमा १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको
छ ।