कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन

१५ जेठ, काठमाण्डौ । काठमाडौं । सरकारका अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबरबाट आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गर्दै सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् ।

पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।