सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा

१५ जेठ, काठमाण्डौ । काठमाडौं । सरकारका अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबरबाट आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारले ‘पर्यटन काज’को यो नीति ल्याएको बताए ।

‘आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराइने छ,’ मन्त्री पौडेलले भने । उनले निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बताए ।

यसअघि कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रको उत्थान गर्न सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने तयारी गरेको थियो । तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले शनिबार र आइतबार दुई दिन विदा दिएर कर्मचारीहरुलाई घुम्न पठाउनुपर्ने प्रस्ताव गरेका थिए ।