ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि

१५ जेठ, काठमाण्डौ । काठमाडौं । सरकारका अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबरबाट आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गर्ने क्रममा बजेटमा सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिए । यसका लागि १ खर्ब छुट्याएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।