निषेधाज्ञामा थप कडाइ अत्यावश्यक बाहेक हिँडडुल गर्नेलाई कारबाही

१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञामा आजदेखि कडाइ गरिएको छ । थप एक साताको लागि तोकिएको निषेधाज्ञालाई प्रभावकारी बनाउनको लागि बिहानैदेखि नेपाल प्रहरी र ट्राफिक प्रहरीहरू खटिएका छन् ।

आजबाट लागू भएको निषेधाज्ञामा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइँने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् । निषेधाज्ञा सम्बन्धी नियम उल्लंघन गरेमा पैदल यात्रीदेखि व्यापारीसम्मलाई आर्थिक जरिवानासम्म गराउने नीति लिइएको प्रहरीले बताए ।