बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितीका कोषाध्यक्ष दोस्रो पटक कोरोना संक्रमित

१३ जेठ, काठमाडौं । पछिल्लो चरणमा नेपाल दोस्रो लहरको कोभिड भाइरसको संक्रण देखिले खेपिरहेको बेला अहिले शहर भन्दा पनि गाउंघरतिर बढी मात्रामा संक्रमण बढीरहेको छ । हेलचेक्राई र स्वास्थ्यमा समाधानी अपनाइएन भने जो कोहीलाई संक्रमण हुने भएकाले सजक र सर्तकता अपनाउदै पनि बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितीका कोषाध्यक्ष भक्त रोकाया दोर्सो पटक पनि कोरोना संक्रमित हुनु भएको खबर प्राप्त भएको छ ।

No description available.

रोकाया यो भन्दा पहिले पनि कोरोना पोजेटिभ हुनु भएको र त्यसपछि कोरोना बिरुद्धको दुबै डोज समेत लगाएका उनलाई फेरि कोभिड संक्रमण भएको छ । उनी आफै स्वास्थ्यकर्मी त्यसमा आधारभूत स्वास्थ्य केन्द्र व्यावरेमा इन्चार्जको जिम्मेवारी लिई कार्यरत स्वस्थ्यकर्मी पनि हुनुहुन्छ । अहिले उनी सुर्खेत जिल्लाको लेकबेंसी नगरपालिका स्थित दशरथपुर आइसोलेशन केन्द्रमा कार्यरत हुनुहुन्थ्यो । कोरोना सङ्क्रमित बिरामीको उपचारको लागि अग्र पङ्तिमा खटिनु भएका उनी उपचार गर्ने सिलसिलामा आफैं संक्रमित भएका हुन् । सो आईसोलेशन सेन्टरमा अग्र पङ्तीमा कार्यरत अन्य स्वास्थ्य कर्मी पनि सङ्क्रमित भएका छन् ।

No description available.

आफ्नो कर्तव्य निर्वाह गर्दा गर्दै पनि कोरोना संक्रमण भएका तपाई लगायत अन्य स्वास्थ्यकर्मी र संक्रमिण सबैले साहस र उच्च मनोबल बनाई कोरोनालाई परास्त गर्ने विश्वासका साथ स्वास्थ्यलाभको कामना ।

No description available.