सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी माधव पक्षीय तीन जना मन्त्रीलाई ओली पक्षीय प्रदेश कमिटीबाट २४ घन्टे स्पष्टीकरण

१३ जेठ, काठमाडौं । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।

पार्टी केन्द्रको निर्णयअनुसार सरकारबाट फिर्ता नभएको भन्दै उनीहरुलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोध्न लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले बताए ।
‘सुदूरपश्चिममा पार्टी निर्णय उल्लंघन गर्ने काम भएको छ । उनीहरुलाई आजै २४ घण्टे स्पष्टिकरण सोधिन्छ । चित्तबुझ्दो जवाफ आएन भने साधारण सदस्य समेत नरहने गरी कारवाही हुन्छ ।

सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाश बहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।
शाह, सुवेदी र भट्ट तीनैजना खनाल–नेपाल समूहका हुन् ।