बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

१३ जेठ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक÷एकजना गरी ८ जनाको मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५७ वर्षीय पुरुषको हिजो राति ७ः१५ बजे, वडा नम्बर २० कै ५५ वर्षीया महिलाको हिजो राति १२ः४० बजे र वडा नम्बर १८ का ७३ वर्षीया महिलाको आज बिहान भेरी अस्पतालमा मृत्यु भएको हो ।

बर्दियाको बासगँढी नगरपालिका–५ का ७५ वर्षीया महिलाको हिजो राति ७ः३० बजे र गुलरिया नगरपालिका–५ का ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

कैलालीको जानकी गाउँपालिका–९ की ७४ वर्षीया महिलाको हिजो राति ७ः२० बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

कञ्चनपुरको पुनर्बास नगरपालिका–६ का ४७ वर्षीया महिलाको आज बिहान २ बजे र दाङको घोराही उपमहानगरपालिका–३ की ५६ वर्षीया महिलाको बिहीबार आज बिहान २ः४५ बजे नपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । ४७ वर्षीया महिलामा वैशाख १७ गते र ५६ वर्षीया महिलामा जेठ ७ गते संक्रमण पुष्टि भएको हो ।