नेपालमा ६७१४ नयाँ संक्रमित पुष्टि हुंदा ६७१६ संक्रमणमुक्त, १४५ जनाको मृत्यु

काठमाडौं उपत्यकामा १४९३ संक्रमित थपिए

१२ जेठ, काठमाडौं । नेपालमा पछिल्लो एक महिनामा लगातार कोरोना संक्रमण बढिरहेका बेला गएको २४ घन्टामा ६ हजार ७१४ नयाँ संक्रमित पुष्टि हुंदा ६ हजार ७१६ संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बताएको छ ।

देशभरमा गरिएका परीक्षणमा नयाँ संक्रमित भन्दा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ ।

देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४९३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा ११३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना छन् ।

यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।