Breaking News

उपत्यकामा १८६३ जनामा कोरोना संक्रमण पुष्टि

११ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै सोही अवधिमा ६ हजार ४०४ जना निको भएका छन् ।

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ भने मृतकको कुल संख्या ६७ सय पुगेको छ ।

हाल देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ ।