Breaking News

नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटयो

११ जेठ, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा हिजो भने करेक्शन देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटेर २ हजार ८ सय १६ दशमलव ५६ अंकमा झरेको छ ।

‘क’ वर्गक कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ दशमलव ९९ अंकमा झरेको छ । सोमबार हिजो १३ अर्ब नाघेर इतिहास रचेको कारोबार रकम आज भने केहि कम देखियो ।

आज १ लाख १२ हजार १४८ वटा कारोबार हुँदा २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ पुगेको छ ।