रुपन्देहीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

११ जेठ, बुटवल । रुपन्देहीका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जनामध्ये तीनजना रुपन्देहीका तथा पाल्पा,नवलपरासी र कपिलवस्तुका एक–एक जना हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा एकजना, भीम अस्पतालमा चारजना र युनिभर्सल शिक्षण अस्पताल भैरहवामा एकजनाको मृत्यु भएको हो ।

रैनादेवी गाउँपालिका–२ पाल्पाका ६४ वर्षीय पुरुषको आज बिहान ६ बजे मृत्यु भएको हो ।
यस्तै सिद्धार्थनगर नगरपालिका–८ का ५३ वर्षीय पुरूष, सिद्धार्थनगर–२ का ७८ वर्षीय पुरूष, रुपन्देहीको रोहिणी गाउँपालिका–५ का ५० वर्षीय र कपिलवस्तु नगरपालिका–१ का ४६ वर्षीय पुरुषको उपचारको क्रममा भीम अस्पतालमा मृत्यु भएको हो ।

युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१० की ५६ वर्षीया महिलाको पनि मृत्यु भएको हो ।