Breaking News

सर्वोच्चमा उपस्थित भएर रिट दायर गर्ने गठबन्धनका १४६ जना सांसदको लिष्ट र हस्ताक्षरसहित

१० जेठ, काठमाण्डौ । सरकारको सिफारिसमा राष्ट्पतिले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि ओलीको यस प्रकारको कदमका बिरुद्ध एक जुट भएका बिपक्षी दलहरुले आज प्रतिनिधिसभा बिघठन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतमा १४६ जना सासदको रिट परेको छ ।

रिटमा कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित १ सय ४६ जना निवेदकले हस्ताक्षर गरेका छन् ।

रिटमा कांग्रेसका ६१, माओवादीका ४९, एमालेका २३ , जसपाका १२ र राष्ट्रिय जनमोर्चाका १ जना विघटित प्रतिनिधिसभाका सदस्यको हस्ताक्षर रहेको छ ।

रिटमा संवैधानिक इजलासमार्फत निर्वाचनको घोषणा बदर गर्न अन्तरिम आदेश मागिएको छ भने देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ । हस्ताक्षर भएका पवित्रा निरौला खरेल, राजबहादुर बुढा र गोकर्ण विष्ट आज उपस्थित भएका थिएनन् ।

यसप्रकार छन् हस्ताक्षर गर्ने १४६ सांसदहरु :

नेपाली कांग्रेस– ६१ जना

नेकपा माओवादी केन्द्रका ४९ जना सांसद

नेकपा एमालेका २३ जना सांसद

जसपा नेपालका १२ जना सांसद