डीएसपी समीरचन्द्र खरेलको कोरोना संक्रमणबाट मृत्यु

१० जेठ, काठमाडौं । कोभिड–१९ भाइरसका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्यु भएको हो ।

प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको आज मृत्यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले बताएको छ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।