एकैदिन १३ अर्ब कारोबार,सेयर बजारमा एकपछि अर्को नयाँ रेकड

१० जेठ, काठमाडौं । गत वर्षको लकडाउनपछि उछाल आएको सेयर बजार पछिल्लो समय एक पछि अर्को रेकर्ड कायम गर्न थालको छ । हिजो सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले आज नयाँ रेकर्ड राखेको छ ।

आज नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको हो । आज एकैदिन १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो ।

उता नेप्से परिसूचक झिनो अंकले बढे पनि नयाँ रेकर्ड कायम भएको छ ।