भारतले अमेरिकालाई मलेरियाको औषधि दिन नमाने पछि ट्रमले के गर्लान्

कदर समाचार
२६ चैत, एजेन्सी । कोरोनाभाइरस संक्रमितका लागि मलेरियाको औषधी सहयोगी मानिएको छ । संसारभरी सबैभन्दा धरै कोरोनाभाइरस संक्रमित भएको देश अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतसँग मलेरियाको औषधी अर्थात् हाइड्रोक्सीक्लोरोक्विन पठाउन आग्रह गरेका थिए ।
भारतले यो औषधीको घरेलु खपत नै अत्यधिक भएको भन्दै यसको निर्यातमा रोक लगाएको छ । सोमबार ट्रम्पले भारतले औषधी नपठाए अमेरिकाले जवाफी कारवाहीसमेत गर्नसक्ने चेतावनी दिएका थिए ।
मंगलबार भारतीय विदेश मन्त्रालयले यसबारे बयान जारी गर्दै विवादको यो स्थितीलाई स्पष्ट पार्न प्रयास गरेका छन् ।
के ट्रम्पले भारतमाथि कारवाही गर्लान् ?
विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘केही मिडिया संस्थानले कोभिड–१९ सँग सम्बन्धित औषधी र फर्मास्युटिकल्सका लागि अनावश्यक विवाद निम्त्याइरहेका छन् । एक जिम्मेवार सरकार भएका कारण सुरुमा हामी हाम्रा जनताका लागि औषधीको पर्याप्त स्टक छ कि छैन, त्यो सुनिश्चितता गर्नेछौं । यसै अनुसार केही औषधीको निर्यात रोक्नका लागि अस्थायी कदम उठाइएको थियो । यसका साथै विभिन्न परिस्थितीमा सम्भावित आवश्यकताका लागि पनि विचार गरिँदै छ । आवश्यक औषधी पर्याप्त मात्रामा उपलब्ध भएको पुष्टि भएपछि यी प्रतिबन्ध पनि हटाइनेछन् । सोमबार डीजीएफटीले १४ औषधीमाथि लागेको प्रतिबन्ध हटाएको जानकारी दिएको छ । प्यारासिटामोल र हाइड्राक्लोरोक्विनलाई लाइसेन्सको श्रेणीमा राखिनेछ र यसको मागमाथि लगातार निगरानी राखिनेछ । यद्यपि, स्टक हेरेर हाम्रो कम्पनी र उनीहरुको सम्झौता अनुसार निर्यात गर्नसक्छ ।
उनले भने, ‘कोरोनाभाइरस महामारीको गम्भीरता देखेपछि भारतले सधैं यो सुनिश्चितता गरेको छ कि अन्तर्रा्ष्ट्रिय समुदायले बलियो एकजुटता र सहयोग देखाउन आवश्यक छ । महामारीका बेला मानवीय पाटोलाई दृष्टिगत गर्दै हाम्रो क्षमतामा निर्भर भएका आफ्ना सबै छिमेकी मुलुकमा उचित मात्रामा प्यारासिटामोल र एचसीक्यूको लाइसेन्स दिइनेछ । महामारीले सबैभन्दा बढी क्षती पुर्याएका केही देशमा पनि हामी यी आवश्यक औषधीको आपूर्ती गर्नेछौं । त्यसकारण हामी यो सम्बन्धमा कुनै प्रकारको अड्कल वा राजनीतिलाई खारेज गर्नेछौं ।