काठमाण्डौ उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

७ जेठ, काठमाडौं । कोरोना संक्रमण बढ्ने क्रममा काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा कोरोना संक्रमणबाट २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् ।