धनि को हो ? विपन्न र गरिब को हो ? छुट्याउन नै गा्रहो भो त

जसले घरका कोठा भाडामा लगाएका छन्, उनीहरु पनि ५ किलो चामलको लागि नगरपालिकाका कर्मचारीसँग झगडा गर्न आउँछन् । आजित भइसकेका छौं हामी,’ उनले भने, ‘को वास्तविक गरिव हो भनेर छुटयाउनै गाह्रो भइसक्यो ।

कदर समाचार
२६ चैत, काठमाडौं । कोरोना भाइरसले नेपाल लकडाउनको अवस्थामा गएपछि विहान र बेलुका मजदुरी गरेर खानेलाई मात्र नभएर महिनावरी तलब बुझ्ने कर्मचारीलाई पनि हातमुख जोर्न गाह्रो भइसकेको छ । यही गुनासो सुन्न दिक्क भएका छन् गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे । त्यहाँ कार्यरत कर्मचारी र स्थानीयस्तरका मान्छेहरुलाई राहत कसरी बाँड्ने भन्ने खालका गुनासा सुन्दैमा समय बित्छ आजभोलि  मेयरको । उनी कर्मचारीलाई भन्ने गर्छन्, ‘सकेसम्म त्यही वडाको मान्छेसँग उसको अवस्था राम्रोसँग बुझेर मात्रै राहतको विवरण भर्नू । गरिब, मजदुर तथा विपन्न परिवार लकडाउनको समयमा भोकै नपरुन् भनेर सरकारले राहत प्याकेज वितरण गर्न सबै स्थानीयहलाई निर्देशन दिएको छ । सरकारको निर्देशन पालना गर्दै धेरै स्थानीय तहले राहत वितरण सुरु गरिसकेका छन् ।
गोकर्णेश्वर नगरपालिकाले पनि आफ्नो क्षेत्रका सबै वडामा गरिब, विपन्न तथा मजदुरहरुको विवरण संकलन गर्न थालेको थियो । तर शहरका मकान मालिकहरु पनि मजदुरसँग मिसिएर हरेक दिन वडा कार्यालयमा राहत माग्दै आउने गरेको विवरण संकलन गर्ने कर्मचारीहरु
बताउँछन् । यही उल्झनले गर्दा गोकर्णेश्वर नगरपालिकामा राहत वितरण सुस्त बनेको मेयर चालिसेले बताउनु हुन्छ ।

गोकर्णेश्वर नगरपालिकाले पनि आफ्नो क्षेत्रका सबै वडामा गरिब, विपन्न तथा मजदुरहरुको विवरण संकलन गर्न थालेको थियो । तर शहरका मकान मालिकहरु पनि मजदुरसँग मिसिएर हरेक दिन वडा कार्यालयमा राहत माग्दै आउने गरेको विवरण संकलन गर्ने कर्मचारीहरु बताउँछन् । यही उल्झनले गर्दा गोकर्णेश्वर नगरपालिकामा राहत वितरण सुस्त बनेको मेयर चालिसेले बताउनु हुन्छ ।

जसले घरका कोठा भाडामा लगाएका छन्, उनीहरु पनि ५ किलो चामलको लागि नगरपालिकाका कर्मचारीसँग झगडा गर्न आउँछन् । आजित भइसकेका छौं हामी,’ उनले भने, ‘को वास्तविक गरिव हो भनेर छुटयाउनै गाह्रो भइसक्यो ।
मेयर चालिसेका अनुसार राहत प्याकेज गरिब तथा विपन्नलाई मात्रै हो भनेर कर्मचारीले दिने जवाफसँग उनीहरु सन्तुष्ट हुँदैनन् । आफूहरु पनि कामविहीन बनेको भन्दै राहतमा दावी गर्ने गरेका छन् ।
नगरपालिकाका ९ वटै वडामा राहत वितरण गर्न अझै दुई दिन लाग्नेछ । गोर्कणेश्वर नगरपालिकामा मात्रै राहतको लागि २२ हजार परिवारले फारम भरेका छन्, जसमध्ये १५ हजार परिवारले राहत बुझिसकेका छन् । पीडित परिवारलाई १५ दिनसम्म पुग्ने गरी खाद्यान्न वितरण गरिएको छ । हाल नगरपालिकाले फिल्डमै गएर राहत वितरण गर्न थालेको छ ।
कोरोनाविरुद्धका अन्य तयारी
गोकर्णेश्वर नगरपालिकामा पछिल्लो एक महिनामा ४३ जना विदेशबाट आएकाहरु छन् । उनीहरुमध्ये २० दिन कटिसकेका १७ जना छन् । बाँकी १४ दिन नकटेकाहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेको नगरपालिकाले बताएको छ । उनीहरु प्रहरीको सम्पर्कमा छन् ।
तर उनीहरु होम क्वारेन्टाइनमा बस्ने भने पनि घरबाहिर निस्फिक्री हिँड्ने गरेको स्थानीयबासीको गुनासो छ । हालसम्म उनीहरुमा कोरोना परीक्षण भने गरिएको छैन । होम क्वारेन्टाइनमा बसेकाहरुमध्ये कसैलाई संक्रमणको लक्षण देखिए नगरपालिकाले नै आइसोलेसनमा लैजाने व्यवस्था गर्नेछ ।

गोकर्णेश्वर नगरपालिकामा पछिल्लो एक महिनामा ४३ जना विदेशबाट आएकाहरु छन् । उनीहरुमध्ये २० दिन कटिसकेका १७ जना छन् । बाँकी १४ दिन नकटेकाहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेको नगरपालिकाले बताएको छ । उनीहरु प्रहरीको सम्पर्कमा छन् । तर उनीहरु होम क्वारेन्टाइनमा बस्ने भने पनि घरबाहिर निस्फिक्री हिँड्ने गरेको स्थानीयबासीको गुनासो छ । हालसम्म उनीहरुमा कोरोना परीक्षण भने गरिएको छैन । होम क्वारेन्टाइनमा बसेकाहरुमध्ये कसैलाई संक्रमणको लक्षण देखिए नगरपालिकाले नै आइसोलेसनमा लैजाने व्यवस्था गर्नेछ ।

नगरपालिका भित्रका अस्पतालहरुमा २० वटा आइसोलन बेड तयार पारिएको छ । ३ वटा अस्पतालमा स्वास्थ्यकर्मीलाई पीपीईसहित आइसोलेसन बेड तयार पारिएको हो । शंखरापुर अस्पतालमा ५ वटा, नेपाल मेडिकल कलेजमा ६ वटा र खाङ्ग्री इन्टरनेसनल अस्पतालमा आईसीयू र भेन्टिलेटरसहित ११ वटा आइसोलेसन बेड रहेको मेयर चालिसेले बताए ।
३ वटै अस्पतालमा ५÷५ वटा पीपीई वितरण गरिएको छ भने ११ जनाको टोली तयारी अवस्थामा राखिएको छ । नगरपालिकासँग अब ३५ वटा पीपीई छन् । त्यस्तै विरामी ओसार्नका लागि नगरपालिकाले आफ्नै एम्बुलेन्स तयारी अवस्थामा राखिएको मेयर चालिसेले बताउनु भएको छ ।