कोरोना संक्रमणबाट तेजेन्द्रसिंह खड्काको मृत्यु

६ जेठ, काठमाडौं । उद्योगी तथा व्यवसायी तेजेन्द्रसिंह खड्काको निधन भएको छ । कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा भर्ना भएका खड्काको आज विहान निधन भएको हो ।

उनी टाइगर ब्रुहरीका अध्यक्ष हुन् भने विभिन्न उद्योग प्रष्ठिानमा उनको लगानी छ । केही हप्ताअघि कोरोना संक्रमणको कारण श्रीमती गुमाएका खड्काको पनि आज निधन भएको हो ।

५३ वर्षीय खड्का एक महिनाअघि देखि मेडिसिटीमा उपचाररत थिए । केही दिनअघि संक्रमणमुक्त भएपछि भेन्टिलेटरबाट निकालेपनि फेरि अस्वस्थ नाजुक भएपछि खड्कालाई पुनः भन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।