प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ लाई कारवाहीको माग गर्दै कांग्रेसद्धारा निर्वाचन आयोगमा उजुरी

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठनेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।

राष्ट्रियसभा उपनिर्वाचनमा मौन अवधि सुरु भइसकेपछि पनि हिजो बुधबार प्रधानमन्त्री ओलीले र मन्त्री श्रेष्ठले विज्ञप्ति निकालेर नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्न अपिल गरेका थिए ।
त्यसविरुद्ध कांग्रेसले निर्वाचन आयोगमा बिहीबार उजुरी दिएर कारवाहीको माग गरेको हो ।

आचारसंहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको छ’ कांग्रेसले निर्वाचन आयोगले दिएको पत्रमा भनिएको छ ।

जेठ ५ गते बसेको कांग्रेस संसदलीय दलको बैठकले प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता विपरीत मत माग्ने वक्तव्य दिएको भन्दै भत्र्सना गर्ने निर्णय गरेको छ ।