अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म स्थगित

कदर समाचार
२५ चैत, काठमाडौं । कोरोना भाइरसको कारणले लकडाउनका स्थगित भएको हवाई सेवा यस अघि बैशाख ३ गते सम्मका लागि स्थगित गरिएको भएपनि सरकारले फेरि पनि बैशाख ३ गते सम्मका लागि लक डाउन बढाएपछि नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । अन्तरिक उडानबारे भने छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।
सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् । त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरिरहेको
छ । यसबीचमा चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्यायो ।
सरकारले यात्रु लिएर आउन प्रतिवन्ध लगाएपछि पनि केही एयरलाइन्सले अटेरी गरेर यात्रु ल्याएका थिए । त्यसका कारण ७० भन्दा बढी व्यक्तिलाई खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ । आन्तरिक उडान वैशाख ३ सम्म स्थगित छन् । त्यसबारे थप निर्णय भएको छैन ।