देवरमारी खाल्डोमा फाल्ने क्रममा भाउजु प्रहरी फन्दामा

कदर समाचार
२५ चैत, मोहोतरी। देशै भरी कोरोना भाइरसको महामारीले लकडाउनको अवस्थामा रहेका बेला महोत्तरीको पर्साकी सगिरा खातुनलाई देवरको हत्या अभियोगमा प्रहरी खोरमा पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनी १५ दिनदेखि प्रहरी कार्यालयको हिरासतमा छिन् ।
सगिराले आफ्नै १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
सगिरा चैत ९ गते मध्यरातमा प्रेमीलाई आफ्नै घरमा बोलाएर यौन क्रियाकलापमा लिप्त थिइन् । सोही अवस्थामा उनीहरुलाई देवर मजिवुलले देखेका थिए । विगत २ वर्षदेखि सगिराका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा छन् । श्रीमान विदेशमा रहेको बेला यौन प्यास मेटाउन प्रेमीसँग एकवर्ष पहिलेदेखि यौन सम्बन्ध बढाएकी थिइन् ।
आपत्तिजनक अवस्थामा देवर मजिवुलले उनीहरुलाई देखेपछि सोही दिन राति सगिराले प्रेमिलाई भगाएकी प्रहरी अनुसन्धानबाट खुल्न आएको एसपी अधिकारीले बताए । एसपी अधिकारीका अनुसार सगिराको प्रेमी भगाउन देवर मजिवुलले पनि सहयोग गरेको पाइएको छ । त्यसपछि भाउजु र देवर आ–आफ्नै कोठामा गएर सुतेका थिए ।
अवैध सम्बन्धको पोल खुल्ने डरले फानेमै देवर मजिवुलको हत्या गर्ने योजना बनेको हुनसक्ने बताइएको छ । हत्यापछि मजिवुलको शव खाल्डो खनेर गाड्न लैजाँदै गर्दा सगिरालाई प्रहरीले पक्राउ गरेको हो । कवरगाहा भन्ने ठाउँमा मजिवुलको शव लैजाँदै गर्दा सगिरालाई पक्राउ गरिएको थियो । तर उनको प्रेमी फरार रहेको र खोजीकार्य जारी रहेको त्यहाँस्थित प्रहरीले बताएको ।