लकडाउनको समय छोपी मासु पसलेहरुको मनलाग्दो मुल्य

कदर समाचार
२५ चैत, काठमाडौं । दशैभरी कोरोना भाइरसका कारणले सरकारले विगत दुई हप्तादेखि लकडाउन गरेको छ र आगामी बैशाख ३ गते सम्म लकडाउनै छ तर उपत्यकामा खसीको मासुको मूल्यमा आफ्नै मनरी मूल्य गरेर कालोबजारी गरिरहेका छन् मासु व्यापारीहरुले । तर हामीले यरी को मनपरी भाउमा मासु बेच्न पाईन्छ भन्न खोज्दा आफ्नो कुनै संलग्नता नभएको मासु व्यवसायी संघले जनाउँछ । लकडाउनका कारण उपत्यकामा खसीको कारोबार पूर्ण रुपमा बन्द रहेको संघका महासचिव चित्यप्रसाद साहीले बताए । ‘लकडाउनपछि सबै पसल बन्द छ, हामीले खसी र मासुको कुनै भाउ नै तोकेका छैनौँ ।

संघ माताहतका मासु व्यवसायीले लकडाउनका कारण खसी आयात गर्नै नसकेको उनले बताए । काठमाडौंमा दुई हजार रुपैयाँ प्रतिकिलोमा खसीको मासु बिक्रि गरिएको बारे आफूहरुलाई पनि गुनासो आएको भन्दै उनले त्यसमा माताहतका व्यवसायी संलग्न नभएको दाबी गरे । ‘गाउँबाट खसी ल्याएर टोल तथा केही पसलहरुमा भाग लगाएर महँगोमा मासु बेचीएको हुन सक्छ,’ साहीले भने ।

लकडाउन सुरु हुनुपूर्व काठमाडौंमा खसीको मासुको मूल्य १२ सय रुपैयाँ रहेको संघले जनाएको छ । माछा मासु अत्यावश्यक खाद्य वस्तुहरुको सूचीमा रहे पनि खसी नै नपाएका कारण व्यवसाय ठप्प भएको संघको दाबी छ ।