ओली पक्षले फागुन २८ को निर्णयबाट पछि हट्ने अडान लिएपछि वार्ता बिना निष्कर्ष सकियो

२४ वैशाख, काठमाण्डौ । एमालेका दुई पक्ष पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरुबीच आज बालुवाटारमा लामै छलफल भएको छ ।

सो छलफलमा ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए भने नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट थिए ।

छलफलमा नेपाल पक्षले २०७५ जेठ २ को अवस्थालाई आधार मान्नुपर्ने प्रस्ताव दोहो¥यायो भने ओली पक्षले फागुन २८ को निर्णयबाट पछि हट्न नसक्ने अडान दोहो¥यायो । सहमतिको लागि दुवै पक्षले प्रयास गर्नुपर्नेमा ओली पक्षले जोड दिएको छ ।

छलफल सकारात्मक दिशामा गए पनि सहमति भने नभएको बैठकको एक स्रोतले बताएको छ । ओली पक्षले ओलीसँग र नेपाल पक्षले नेता नेपालसँग छलफल गरेर फेरि बस्ने सहमति भएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि २७ गते संसद बैठक बोलाएका छन् । विश्वासको मत दिनका लागि नेपाल पक्षले असहयोग गर्ने रणनीति बुनिरहेका बेला ओली पक्ष फकाउने प्रयासमा छ ।