काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्‍यो

२४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये ३०८९ काठमाडौँका, ३७४ भक्तपुरका ३७४ र ६४३ ललितपुरका रहेका छन् ।

काठमाडौँमा २५ हजार ९४० जना सक्रिय संक्रमित छन् । यससँगै काठमाडौँमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार ५५६ पुगेको छ ।

यस्तै भक्तपुरमा ३ हजार २५२ जना सक्रिय संक्रमित छन् । यससँगै भक्तपुरमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४५ पुगेको छ ।
यस्तै ललितपुरमा ५ हजार ४२९ सक्रिय संक्रमित छन् । योसँगै ललितपुरमा सक्रिय संक्रमितको संख्या २३ हजार २ सय ९६ पुगेको छ ।