भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार संक्रमित

२४ बैशाख, काठमाडौं । भारतमा कोरोना महामारीको भयावहता दिन प्रतिदिन बढ्दो छ । पछिल्लो २४ घण्टामा यहाँ ४ लाख १४ हजार संक्रमित भेटिएका छन् । नयाँ संक्रमितको यो हालसम्मको सबैभन्दा धेरै हो ।

यस्तै, एकैदिन यहाँ ३,९२० संक्रमितले ज्यान गुमाएका छन् । यस्तै ३.२८ लाख बिरामी निको पनि भएका छन् । पछिल्लो एक हप्तामा तेस्रोपटक चार लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । यसअघि ३० अप्रिलमा ४.०२ लाख र ५ मेमा ४.१२ लाख संक्रमित भेटिएका थिए ।
उपचार गराइरहेका बिरामीको संख्याले पनि चिन्ता बढाइरहेको छ ।

यसमा पछिल्लो २४ घण्टामा ८१,६६३ को वृद्धि भएको छ । हाल ३६.४४ लाख संक्रमितको उपचार भईरहेको छ । पछिल्लो सात दिन भित्रै नै यसमा ३.८० लाखको वृद्धि भएको छ ।