सुन चाँदीको मूल्य घट्यो

२२ वैशाख, काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

आजका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । हिजो भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको प्रतितोल मूल्यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तीन सय २० रुपैयाँ तोकेको छ ।

देशका प्रमुख शहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार भने शूनय जस्तै रहेको महासंघले बताएको छ ।