प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

२१ वैशाख, काठमाडौँ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले आउंदो बैशाख २७ गते प्रतिनिधिसभाको बिषेश अधिबेषन बोलाउंदै त्यस दिन नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको छ ।